काठमाडौं उपमेयरको उम्मेदवार बन्ने भईन् रेखा थापा

Newslaya Home

काठमाडौं उपमेयरको उम्मेदवार बन्ने भईन् रेखा थापा

आइतबार २२, साउन २०७४

काठमाडौं । राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
राजाराम श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए । नायिका थापा भने हालै मात्र राप्रपामा प्रवेश गरेकी र केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उपमहानगर र महानगरका उम्मेदवार जिल्लाको सिफारिसमा केन्द्रले तोक्ने व्यवस्था रहेको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मोरङमा जन्मेकी रेखा हाल काठमाडौंको मित्रपार्कमा बस्छिन् । मतदाता नामावली उनको नाम काठमाडौं–७ अन्तरगत पशुपति क्याम्पस मतदान केन्द्रमा दर्ता छ । उनको मतदाता नामावलीको क्रमसंख्या १२६० हो भने मतदाता नम्बर २०९४०४९९ हो ।