लौ चिन्नुहोस् ४ महानगरपालिकाका ४ दलका उम्मेदवार

Newslaya Home

लौ चिन्नुहोस् ४ महानगरपालिकाका ४ दलका उम्मेदवार

आइतबार २२, साउन २०७४

काठमाडौं । तीनवटा प्रदेशमा वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि २ सय ८३ वटा स्थानीय तहमा मंगलबार उम्मेद्वारी दर्ता भएको छ । जसमध्ये चारवटा महानगरपालिकाका प्रमुख चार दलका उम्मेदवारमा सबैको चासो र चर्चा छ । प्रमुख चार दलमध्ये एमाले र राप्रपाले काठमाडौं र ललितपुरमा तालमेल गरेका छन् भने अन्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक्ला–एक्लै उम्मेदवारी दिएका छन् । चारवटा महानगरपालिकामा प्रमुख चार दलका उम्मेदवार को को छन् त ?

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार
राजुराज जोशी – कांग्रेस
बिद्यासुन्दर शाक्य – एमाले र राप्रपा तालमेल
सर्वोत्तम डंगोल – नेकपा माओवादी केन्द्र
काठमाडौं महानगरपालिकाको उपमेयरका उम्मेदवार
हरिप्रभा खड्गी – कांग्रेस
राजाराम श्रेष्ठ – एमाले र राप्रपा तालमेल
सुशीला पौडेल – नेकपा माओवादी केन्द्र

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार
चिरीबाबु महर्जन – कांग्रेस
हरिकृष्ण व्यञ्जनकार – एमाले
दिनेश महर्जन – माओबादी केन्द्र
ललितपुर महानगरपालिकाको उपमेयरका उम्मेदवार
गीता सत्याल – कांग्रेस
हसिना शाक्य – नेकपा माओवादी केन्द्र
बाबुकाजी प्रधान – एमाले र राप्रपा तालमेल

पोखरा–लेखनाथ महानगरपालिकाको मेयरका उम्मेदवार
रामजी कुँवर – कांग्रेस
मानबहादुर जिसी – एमाले
विश्वप्रकाश लामिछाने – नेकपा माओवादी केन्द्र
गीता गुरुङ – राप्रपा

पोखरा–लेखनाथ महानगरपालिकाको उपमेयरका उम्मेदवार
सरस्वती गुरुङ – कांग्रेस
मञ्जु गुरुङ – एमाले
उमा ढकाल– नेकपा माओवादी केन्द्र
रमेश खत्री – राप्रपा

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार
दिनेश कोइराला – कांग्रेस
देवी ज्ञवाली – एमाले
रेणु दाहाल – नेकपा माओवादी केन्द्र
बद्री तिमिल्सिना – राप्रपा

भरतपुर महानगरपालिकाको उपमेयरका उम्मेदवार
पार्वती शाह – कांग्रेस
दिव्य शर्मा – एमाले
सुरेन्द्र तामाङ – नेकपा माओवादी केन्द्र
रिना गुरुङ – राप्रपा