बढेको शुल्क फिर्ता गरिने, फिर्ता नगरे विद्यालयको दर्ता खारेज

Newslaya Home

बढेको शुल्क फिर्ता गरिने, फिर्ता नगरे विद्यालयको दर्ता खारेज

आइतबार २२, साउन २०७४

काठमाडौ । सरकारले निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउने भएको छ । शुल्क फिर्ता नगर्ने विद्यालयको दतार्
खारेज गर्ने सहमती विद्यार्थी संगठनहरुसँग गरेको छ ।
विद्यार्थी संगठनहरुबीचको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क १५ दिनभित्र फिर्ता लिने सहमति भएको हो । यो सहमतिसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठन र शिक्षामन्त्री धनिराम पौडेलबीच शुक्रबार वार्ता भएको थियो । चर्को शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकाका निजी विद्यालयहरुमा तालाबन्दी गरेका थिए । उनीहरुले शुक्रबारै जिल्ला शिक्षा कार्यालय र शिक्षा बिभागमा समेत तालाबन्दी गरेका थिए ।