म्यानपावरवाली शर्मिला राजदूत नियुक्त

Newslaya Home

म्यानपावरवाली शर्मिला राजदूत नियुक्त

आइतबार २२, साउन २०७४

काठमाडौं । म्यानपावर खोलेर धेरै मानिसहरुलाई विदेश पठाउने काममा संलग्न शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदूत नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिको अनुमोदनपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पराजुलीलाई राजदूत नियुक्त गरेकी हुन् ।
पराजुलीलाई राजदूत बनाउन सिफारिस गरेपछि चर्को आलोचना भएको थियो । परराष्ट्रमन्त्रीले उनको नाम पनि राजदूतहरुको सूचीबाट काटेका थिए । तर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको दबावमा सरकारले उनको नाम थपेर राजदूत सिफारिस गरेको थियो । आज यो नाम अनुमोदित भएको हो ।