४७ दिन हिउँमा पुरिएका युवकले मनाए जन्मदिन

Newslaya Home

४७ दिन हिउँमा पुरिएका युवकले मनाए जन्मदिन

आइतबार २२, साउन २०७४

काठमाडौं । हिउँमा चिप्लिएर वेपत्ता भएको ४७ दिनपछि ताइवानको जीवितै उद्दार गरिएको थियो । उद्दार पछि ताइवानी लियान सेङको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा ताइवानले अस्पतालको शय्यामै २२ औं जन्मदिन मनाएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ताइवानी लियान सेङ यूले शुक्रबार जन्मदिन मनाएका हुन् । उनलार्इ जन्मदिनको शुभकामना दिन पर्यटन राज्यमन्त्री परशुराम तामाङ समेत पुगेका थिए । उनले केक काटेर बर्थ डे मनाउने इच्छा जनाएपछि अस्पतालले त्यसको व्यवस्था मिलाएको थियो । बर्थ डे मनाउने क्रममा उनले सञ्चारकर्मीहरूमाझ वेपत्ता भएको ४७ दिनको अनुभव पनि सुनाए । त्यसक्रममा ताइवान निकै भावुक भएका थिए ।
ताइवानी लियान र लिउ चेन युन फागुन अन्तिम साता उत्तरी धादिङको रुपभ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर खाल्डोमा खसेका थिए । हिउँमा चिप्लिएका उनीहरु करिब २०० मिटर तल पहरा छाँगामा अलपत्र परेका थिए । बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै उनकी प्रेमिका लिउ चेन युनको शव थियो ।
ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तर धादिङमा थिए । गाइड र स्थानीयको अथक प्रयासपछि वेपत्ता २१ वर्षीय ताइवानी पर्यटक लाइङ सिंङ युनलाई बुधबार बिहान ११ बजे दुई हजार ६ सय मिटर उचाइको धादिङ टिप्लिङस्थित एक खोंचमा टोलीले फेला पारेको थियो ।
उनी भेटिँदा उनको नजिकै आगो बलेको थियो, टेण्ट टाँगेर बसेका उनी छेवैमा प्रेमीका १९ वर्षीया लिउ चेन चुनको शव थियो । लियाङलाई एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक एयरको सहयोगमा उद्धार गरी काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।