भरतपुरमा रेणुको जीत

Newslaya Home

भरतपुरमा रेणुको जीत

आइतबार २२, साउन २०७४

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । उनले एमालेका देवी ज्ञवालीलाई दुई सय तीन मतअन्तरले पछी पार्दै जीत हासिल गरेकी हुन् ।
शनिबार राति घोषित मतपरिणामअनुसार दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् ।
यस्तै, भरतपुर महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी छिन् । त्यसैगरी, उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरकी छन् ।
कांग्रेस माओवादी गठबन्धनले मेयर र उपमेयर दुवैमा जित हासिल गरेपछि शनिवार राती नै विजय जुलुस निकालेका थिए ।
भरतपुरको वडा नम्बर–१९ मा मतगणनाकाक्रममा मतपत्र च्यातेपछि शुक्रबार पुनः मतदान भएको थियो ।