कुनै प्रहरीले बदमासी गरे अब सिधै हाकिमलाई उजुरी गर्नुस्

Newslaya Home

कुनै प्रहरीले बदमासी गरे अब सिधै हाकिमलाई उजुरी गर्नुस्

आइतबार २२, साउन २०७४

काठमाडौं । प्रहरीबारेमा विभिन्न गुनासाहरु भएमा प्रहरीको माथिल्लो निकायमा फोन गर्न सकिने भएको छ । नेपाल प्रहरीले हटलाइन माध्यम लगायतबाट सिधै प्रहरी प्रधान कार्यालयमा गुनासो गर्नको लागि पुलिस कम्प्लेन्ट हटलाइनको व्यवस्था गरेको छ । सो सेवाको लागि टेलिफोन नम्बर ०१–४४१०१४४ वा निशुल्क नम्बर १११३ मा डायल गर्न सकिने छ ।
प्रहरीले जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा वा झुट्टा उजुरी दर्ता गरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानून विपरित थुनामा राखेमा, निर्दोष व्यक्ति पक्राउ गरे, पैसा मागे, अनावश्यक दवाव दिएमा हटलाइनबाट उजुरी गर्न सकिन्छ ।
प्राप्त गुनासाहरुलाई सम्बोधन र व्यवस्थापनको लागि सम्बन्धित बिषयमा सम्बन्धित इकाईमा प्रकृयागत रुपमा पठाई उचित कारबाहीको व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उजुरीमाथि भए गरेका काम कारबाही, प्रगति र परिणामबारे एसएमएस वा इमेल मार्फत गुनासोकर्ता सेवाग्राहीलाई जानकारी उपलब्ध गराइने जनाइएको छ ।