भरतपुरमा रेणु अगाडी आइन्

Newslaya Home

भरतपुरमा रेणु अगाडी आइन्

आइतबार २२, साउन २०७४

भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । करिव एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ५७ मतको अग्रता लिएकी हुन् । कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मत बढी पाएकी छन् । रेणुको मत ४२ हजार ५ सय ८९ छ भने देवीले ४२ हजार ५ सय ३२ मत पाएका छन् । वडा नम्बर २० मा ३३०२ मत खसेको थियो । वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो ।