म्यादी प्रहरीमा घुसपैठ भएको आंशका

Newslaya Home

म्यादी प्रहरीमा घुसपैठ भएको आंशका

आइतबार २२, साउन २०७४

आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि परिचालन गर्ने भनेर छानिएका म्यादी प्रहरीमा घुसपैठ भएको आशंका गरिएको छ । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको माओवादी र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधी घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो । म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ । सरकारले पहाडी जिल्लामा म्यादी प्रहरी परिचालन गर्दा गाउँपालिका फरक पारी जिल्लाभित्रै परिचालन गर्ने तयारी गरेको छ । तराईका जिल्लामा भने महिला म्यादी प्रहरीबाहेकलाई अन्तरजिल्लामा खटाउने तयारी गरिएको छ ।