डीआइजी नवराज सिलवाल पक्राउ

Newslaya Home

डीआइजी नवराज सिलवाल पक्राउ

आइतबार २२, साउन २०७४

काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ परेका छन् । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला पौने १० बजे सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको छ ।

छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ । आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो । सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

सिलवाललाई लिन दुई नम्बर गणका एसपी सोमबार विहानै उनको घरमा पुगेका थिए । प्रहरीले भने वरिष्ठ अधिवक्ता थापा गिरफ्तार गरेको नभई सिलवालले आफ्नो कानुन व्यवसायीका रुपमा साथमा लगेको बताएको छ ।