किन हट्यो लोकतन्त्र दिवसको विदा ?

Newslaya Home

किन हट्यो लोकतन्त्र दिवसको विदा ?

आइतबार २२, साउन २०७४

तपाइँले आफ्नो घरको कोठाको भित्तामा झुण्ड्याइएको क्यालेन्डर हेर्नु भयो ? हेर्नु भएको छैन भने एकपटक हेर्नुहोस् त । आज बैशाख ११ गते अर्थात लोकतन्त्र दिवस परेको रहेछ नी ! लोकतन्त्र दिवसको दिन त सरकारले सार्वजनिक विदा दिनुपर्ने हो । तर तपाइँको कोठाको भित्तामा झण्ड्याइएको क्यालेण्डरमा बैशाख–११ गते लेखिएको ठाउँमा कित रातो नपोतिएको होला ? अर्थात किन लोकतन्त्र दिवसको विदा कटौती गरिएको होला ?
सरकारले गत सालदेखि नै वैशाख–११ गतेका दिन मनाइने लोकतन्त्र दिवसमा दिँदै आएको सार्वजनिक विदा कट्टा गरिदिएको रे । लोकतन्त्र दिवसको विदा कट्टा गरेर उता, संविधान दिवसको विदा थपिएको रे । असोज ३ गते संविधान जारी भएको दिन सार्वजनिक विदा दिने तर लोकतन्त्र दिवसको विदा भने हटाउने भनेर गतसाल नै सरकारले निर्णय गरेको थियो । त्यसैले अबदेखि तपाइँको क्यालेण्डरमा बैशाख–११ गते लोकतन्त्र दिवस भनेर चाहीं लेखिनेछ तर रातो भने पोतिने छैन ।