आफ्नै डिजाइनमा धरहरा बनाउन टेलिकमको प्रस्ताव

Newslaya Home

आफ्नै डिजाइनमा धरहरा बनाउन टेलिकमको प्रस्ताव

आइतबार २२, साउन २०७४

काठमाण्डौ । २०७२ सालको विनाशकारी महा भुकम्पले भत्काएको धरहरा पुननिर्माण गर्नका लागि नेपाल टेलिकमले चासो देखाएको छ । टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुननिर्माण गर्ने प्रस्ताव गरेको छ ।
त्यसका लागि सरकारले तयार गरेको डिजाइनमा पुननिर्माण नगरी आफैंले तयार गरेको डिजाइनको आधारमा निर्माण गर्नुपर्ने प्रारम्भिक प्रस्ताव गरेको हो । करिब ३० वर्षसम्म लिजमा दिएर निर्माण गरिने प्रस्ताव टेलिकमले अघि बढाएको छ । करिब १ वर्ष लगाएर तयार गरेको डिजाइन टेलिकमले नस्वीकार्ने भएको छ । अन्तर्रा्ष्ट्रिय कन्सल्टेन्टबाट निर्माण गरिने डिजाइनको आधारमा नयाँ डिजाइन निर्माण गर्नुपर्ने टेलिकमको भनाइरहेको छ । राष्ट्रको गौरव रहेको धरहरा पुनर्निमाण गर्न सरकारले चासो देखाएपछि विभागले सम्पूर्ण विवरण तयार गरी संस्कृति मन्त्रालयमा पेस गर्ने तयारी गरिरहेका छन् । यस अवस्थामा नेपाल टेलिकम आफैंले लागत बेहार्ने गरी प्रस्ताव गरेको हो ।