निर्वाचनको विषयमा एमालेको कडा निर्णय

Newslaya Home

निर्वाचनको विषयमा एमालेको कडा निर्णय

आइतबार २२, साउन २०७४

काठमाडौं । एमाले संसदीय दलको बैठकले बजेट अघि र पछि चुनाव गर्न नमिल्ने निर्णय गरेको छ । नेकपा एमाले दुई चरणको चुनावप्रति सकारात्मक देखिएको भएपनि उसले बजेट ल्याएर दोस्रो चरणको चुनाव गर्न भने स्वीकार्य नहुने बताएको छ ।
आइतबार बसेको एमाले संसदीय दलको बैठकले दुई चरणमै चुनाव गर्नुपर्ने भए जेठ १५ अघि नै गर्न सरकारलाई सुझाएको छ । संसदीय दलको बैठकमा दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बजेटसम्वन्धी प्रावधानलाई संशोधन गर्नेबारे छलफल गर्न सकिने भएपनि बजेट अघि र पछि चुनाव गर्न भने नसकिने बताएका नेताहरुले जानकारी दिएका छन् । आफूले प्रधानमन्त्रीलाई पनि त्यही भनेर पठाएको ओलीले बैठकमा जानकारी गराएको नेताहरुको भनाइ छ ।