काँग्रेस वा एमालेसँग तालमेल गर्ने राप्रपाको तयारी

Newslaya Home

काँग्रेस वा एमालेसँग तालमेल गर्ने राप्रपाको तयारी

आइतबार २२, साउन २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस र एमाले मध्ये एकसंग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने भएको हो ।
पार्टीले तालमेलका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) सँग समन्वय र छलफल गरिरहे पनि टुङ्गो लागिसकेको छैन । ती दुई दलमध्ये एक दलसँग तालमेलका लागि निर्णय लिएपछि उम्मेदवार छनोट अगाडि बढाइने छ । निर्वाचनमा उम्मेदवारको कार्य दक्षता, क्षमता, जनसमर्थन, पार्टीप्रतिको निष्ठालगायत विषयलाई मूल्याङ्कन गरी टिकट दिइने छ ।
स्थानीय तहको निर्वाचनमा केही स्थानमा पार्टीले एक्लै सफलता प्राप्त गर्न सक्ने तथा भने केहीमा पार्टीको निर्णय निर्णायक हुने राप्रपा नेताहरुको अनुमान छ । पार्टीले स्थानीय विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन लागेको छ ।