यसरी मिल्यो उपप्रधानमन्त्रीको वरियता विवाद

Newslaya Home

यसरी मिल्यो उपप्रधानमन्त्रीको वरियता विवाद

आइतबार २२, साउन २०७४

सरकारका दुई उपप्रधानमन्त्रीहरुबीचको वरियता विवाद मिलेको छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा र उपप्रधात तथा गृहमन्त्री विमलेन्द्र निधीबीच को वरिष्ठ भन्ने विवाद रहेकोमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि सो विवाद मिलेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री निधी सरकारले तोकेको स्थानमा बसेपछि विवाद मिलेको हो । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र मधेस, देश र कांग्रेसको हितलाई ध्यानमा राखेर निधी मन्त्रिपरिषद् बैठकमा सहभागी भएको बताइएको छ ।
अर्का उपप्रधानमन्त्री कमल थापासँगको बरियता विवादपछि निधीले बैठक बहिस्कार गर्दै आएका थिए । निधीले वरियता विवादकै कारण संसद् बैठकमा समेत आसनग्रहण गरेनन् । उनलाई संसद्मा उठेका प्रश्नको जवाफ दिन सभामुखले आग्रह गर्दा समेत बाहिरबाटै सिधा रोष्टममा गएर जवाफ दिएर तोकिएको आसनमा नबसी बाहिरीएका थिए । जसको सर्वत्र आलोचना भएको थियो । मन्त्री निधीले वरियता विवादका कारण मन्त्रिपरिषद् बैठक वहिस्कार गर्दा पनि निकै आलोचना भएको थियो । जवाफमा उनले वीपी कोइरालले पनि वरियता विवादका कारण मन्त्रिपरिषद् बैठक वहिस्कार गर्ने गरेको जवाफ फर्काउँदै आएका थिए । दुईमन्त्रीबीच विवाद भएको अवस्थामा भएका बैठकहरुमा उपप्रधानमन्त्री थापाले वरिष्ठ उपप्रधानमन्त्रीको रुपमा आसनग्रहण गर्दै आएका थिए ।