‘सबै अट्ने देश, सबैलाई जोड्ने काँग्रेस’

Newslaya Home

‘सबै अट्ने देश, सबैलाई जोड्ने काँग्रेस’

आइतबार २२, साउन २०७४

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो चुनावी प्रचारप्रसार सुरु गरेको छ । हालै ‘भेरिफाइड’ भएको फेसबुक पेजबाट आइतबार बिहान १० बजे आफ्नो पहिलो प्रचार सामग्री सार्वजनिक गरेको छ । नेपाली काँग्रेसको फेसबुक र ट्वीटर मार्फत सार्वजनिक गरेको यो सन्देश आम कार्यकर्ताको माझ पुर्‍याउने तयारी काँग्रेस प्रचार उपसमितिले गरेको छ ।
नेपाली काँग्रेसको झण्डामा रहेको चारतारालाई सामग्रीको सबैभन्दा माथि राखेर बनाइएको सामग्रीमा लेखिएको छ, ‘‘हामीभित्र म, सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’ । नेपाली काँग्रेसको प्रचार प्रसार उपसमितिले तयार गरेको नयाँ प्रचार सन्देश पार्टी सभापति शेर बहादुर देउवादेखि पार्टीका सबै नेता कार्यकर्ताले आफ्नो सामाजिक सञ्जालमा राख्ने गरि तयारी गरिएको उपसमितिका सहसंयोजक तथा काँग्रेस नेता गगन थापाले बताए ।
प्रचार उपसमितिले वैशाख १० गतेबाट आफ्ना सबै कार्यदल र मिडिया सेन्टरलाई पनि सक्रियताका साथ प्रचारमा परिचालन गरेको छ । यसका लागि पार्टीको मिडिया सेन्टर पनि १० गतेबाटै पूर्ण रुपमा परिचालन भएको छ ।