त्रिभुवन विमानस्थलबाट एयर कार्गोमार्फत हुने आयात निर्यात ठप्प

Newslaya Home

त्रिभुवन विमानस्थलबाट एयर कार्गोमार्फत हुने आयात निर्यात ठप्प

आइतबार २२, साउन २०७४

काठमाडौं । त्रिभुवन विमानस्थलमा रहेको गोदामको भाडा अस्वभाविक रुपमा बढेको छ । भाडा बढेपछि निकासी व्यवसायीले त्रिभुवन विमानस्थलबाट एयर कार्गोमार्फत हुने आयात निर्यात ठप्प पारेका हुन् ।
नेपाल फ्रेट फवार्डस एशोसिएसनका महासचिव सुन्दर दाहालका अनुसार नागरिक उड्डयन प्राधिकरणले गोदामको भाडा अस्वभाविक रुपमा बढाएकोले आयात निर्यात ठप्प पारेको हो । बढेको भाडा फिर्ता नभएसम्म आयात निर्यात नहुने समेत दाहालले बताए ।