बन्दुक सहित एक पक्राउ

Newslaya Home

बन्दुक सहित एक पक्राउ

बिहीबार १९, साउन २०७४

काठमाडौं । राजधानीको बसुन्धाराबाट एक व्यक्तिलाई प्रहरीले बन्दुकसहित पक्राउ परेका छन् । डडेल्धुराको परशुराम नगरपालिका २ का सुरेश भण्डारी पक्राउ परेका हुन् ।

भण्डारीले बन्दुक बोकेर हिँडेको भनि आएको विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सुवास खड्का नेतृत्वको टोलीले उनलाई सोमबार साँझ पक्राउ गरिएको हो ।
प्रहरीले भण्डारीको साथमा रहेको एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोलीसहित नियन्त्रणमा लिइएको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।