बन्दको प्रचार गर्दै हिँड्ने चार विप्लप कार्यकर्ता पक्राउ

Newslaya Home

बन्दको प्रचार गर्दै हिँड्ने चार विप्लप कार्यकर्ता पक्राउ

बिहीबार १९, साउन २०७४

धरान । बन्द आवहन गर्दै माइकिङ गर्ने नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका चार कार्यकर्ता धरानबाट पक्राउ परेकाछन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार आर्यन अधिकारी, सुरज राई, पुष्प न्यौपाने र नतसा सुवेदीलाई पक्राउ गरिएको हो ।

बन्दको माईकिङ गर्दै हिडेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गिरप्तार गरिएका नेता र कार्यकर्तालाई विनाशर्त रिहा गर्न माग गर्दै विप्लव माओबादीले मंगलबार (आज) नेपाल बन्दको आव्हान गरेको थियो । बन्दको प्रचार गर्दै हिँडेको अवस्थामा सोमबार बेलुकीनै भानुचौकबाट पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई बिभागले दिने निर्देशन अनुसार कारबाही प्रकृया अगाडि बढाउने खतिवडाले बताए ।