१५ घण्टापछि बालकको जीवितै उद्धार

Newslaya Home

१५ घण्टापछि बालकको जीवितै उद्धार

बिहीबार १९, साउन २०७४

रामपुर । खोलाको बीचमा अलपत्र अवस्थामा बसेका १० का रजिन सुनारी १५ घण्टापछि जीवितै उद्धार भएको छ । मंगलबार बिहान ६ बजे रुप्सेभन्ज्याङ प्रहरीचौकी मित्यालको टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका छन् ।
निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडा बस्ने सुनारी सोमबार अरुण खोलाको बीच भागमा अड्किएका थिए । सोमबार दिउँसोको करिब ३ बजे भन्टाकेको नारटोडी खोलामा पौडी खेल्ने क्रममा एक्कासि पानी बढेर आउँदा उनलाई बगाएर अरुणखोलामा पु¥याएको थियो । खोलामा पानीको बहाव बढेपछि उनको तत्काल उद्धार हुन सकेको थिएन ।
पौडी खेलेको स्थानबाट झन्डै २०० मिटर तल अरुण खोलाको बीच भागमा थुप्रिएको बगरमा उनलाई आफन्तले देखेपनि खोलामा पानीको गति बढ्दो अवस्थामा रहेकाले उनको आज बिहान मात्र उद्धार भएको हो ।