जेसीज हलमा आगलागी

Newslaya Home

जेसीज हलमा आगलागी

बिहीबार १९, साउन २०७४

सप्तरी । राजविराजको रुपनी मोडस्थित जेसीजको कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीबाट लाखौंको क्षति भएको छ ।
अज्ञात समूहद्धारा कार्यालयको हलभित्र लागाइएको आगोबाट ३० वटा प्लाष्टिकका कुर्सीसहित अन्य फर्निचरहरु र भुइँमा ओछ्याइएको सम्पूर्ण कार्पेट जलेर नष्ट भएको छ ।
अहिले सम्म आगजनी कसले गरेको हो भन्ने खुल्न सकेको छैन् । प्रहरीले घट्नामाथि थप अनुसन्धान अघि बढाउदै आगजनी गर्ने समूहको खोजी गरिहेको छ ।