घाँटी रेटेर श्रीमतीको हत्या

Newslaya Home

घाँटी रेटेर श्रीमतीको हत्या

बिहीबार १९, साउन २०७४

नेपालगञ्ज । बाँकेको कोहलपुरमा श्रीमतीको घाँटी रेटेर हत्या गरिएको छ । कोहलपुर ४ बेलनपुरका अहमद अफताल बेरुवाले २६ वर्षीया श्रीमती फुलटन बेरुवाको घाँटी रेटी हत्या गरेकाछन् । हत्यापछि अफताब भने श्रीमतीको टाउकोसहित आफै इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका थिए ।

श्रीमतीको टाउकोसहित उनी इलाका प्रहरी कार्यालय कोहलपुरमा सोमबार मध्यराति आत्मसमर्पण गर्न आएको प्रहरी नायव उपरीक्षक सुरेश कुमार काफ्लेले जानकारी बताए । त्यसपछि प्रहरी अहमदलाई समेत लिएर घटनास्थल प्रस्थान गरेको थियो । कोहलपुर १५ स्थित घटनास्थल पुग्दा फुलटन देबीको शव रगतको आहालमा थियो । छेउमा हिलोमा छटपटाइरहेको अवस्थामा करिब ७ महिनाकी उनकी छोरी फेला परेकी थिइन् ।

अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती मध्ये फुलटन जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाम् भनेर जेठी श्रीमतीको हत्या गरेको उनले बताए ।