वडा सदस्यको हत्या

Newslaya Home

वडा सदस्यको हत्या

बिहीबार १९, साउन २०७४

रुकुम । रुकुममा श्रीमानद्धारा दोस्रो चरणको निर्वाचनमा वडा सदस्यमा निर्वा्चित श्रीमतीको हत्या भएको छ ।
प्रहरीले जिल्लाको पुथाउत्तरगङ्गा –७ जाङकी दलित महिला सदस्यमा निर्वाचित २७ वर्षीया बयानसरी कामीको ३८ वर्षीय तेजबहादुर कामीले घरमै हत्या गरेको जनाएको छ ।
उनी नेपाली काँग्रेसका तर्फबाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् । स्थानीयवासीले यी दुई बीच उम्मेदवारी दर्ता गरेदेखि नै झगडा हुँदै आएकोे बताएका छन् ।
आरोपी तेजबहादुरले आफूले खुकुरी प्रहार गरी श्रीमतीको हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले बताए ।