हातले बम समातरे फ्याल्ने प्रहरी सहित तीन पुरस्कृत

Newslaya Home

हातले बम समातरे फ्याल्ने प्रहरी सहित तीन पुरस्कृत

बिहीबार १९, साउन २०७४

काठमाडौं । स्थानीय निर्वाचनका समयमा विभिन्न साहसिक काम गर्ने कर्मचारीहरु पुरस्कृत भएका छन् । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले महानगरीय प्रहरी आयुक्त कार्यालयबाट पुरस्कृत भएका हुन् ।

हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेर काम गरेका थिए । त्यस्तै कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत हुन् ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीका अनुसार तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।