कारागारका कैदीको मृत्यु

Newslaya Home

कारागारका कैदीको मृत्यु

बिहीबार १९, साउन २०७४

विराटनगर । जिल्ला कारागार मोरङमा एक कैदीको मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका घर भएका ५८ वर्षीय रउदीलाल मण्डलको मृत्यु भएको जेलर प्रेमप्रसाद सापकोटाले जानकारी दिएका छन् । जवरजस्ती करणी मुद्धामा मण्डललाई अदालतले २०७१ साल जेठ २२ गते १० वर्ष कैदको फैसला गरेको थियो ।
मधुमेह र प्रेसरबाट पीडित मण्डललाई आइतबार राति रोगले अचानक चापेपछि उपचारका कोसी अञ्चल अस्पताल लगिएको थियो । अस्पतालले सोमबार विहान मृत्त घोषणा गर्दै मधुमेह र प्रेसरका कारण मृत्यु भएको जनाएको जेलर सापकोटाले बताए ।
केही समय अघि आँखाको अप्रेशन गरिए पनि राम्रोसँग आँखा भने देख्न सक्दैनन् । विराटनगरको हाटखोलामा रहेको कारागारमा ५९ जना महिलासहित गरेर सात सय ३३ जना कैदी बन्दी रहेका छन् ।