खोटाङका एक नेपालीको कतारमा मृत्यु

Newslaya Home

खोटाङका एक नेपालीको कतारमा मृत्यु

बिहीबार १९, साउन २०७४

काठमाडौ । कतारमा एक नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा खोटाङको ऐसुलुखर्क गाँउपालिका २ सर्बधन सुनुवार रहेका छन् । आइतबार विहान ज्वरोको औषधी खाएर काममा गएका सुनुवार दिउँसो कोठामा फर्किएर सुतेका थिए । साँझमा काममा गर्न नगएपछी कोठामा जाँदा मृत अवस्थामा फेला परेको उनका साथी कृष्ण उप्रेतीले जानकारी दिए ।
१२ वर्ष पहिले देखि कतारमा काम गर्दै अएका सुनुवार कतारको श्रम कानुन परिवर्तन भएपछि ५ महिना अगाडी कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम थालेका थिए । उनी सुनुवार सेवा समाज कतार शाखाको प्रथम उपाध्यक्ष समेत रहेका थिए ।  सुनुवारको शव हमाद अस्पतालमा राखिएको बताइएको छ । आवश्यक प्रक्रिया र्पुयाएर शव नेपाल पठाउने तयारी भैरहेको कम्पनीले जनाएको छ ।