सप्तरी बाढीपीडितलाई युवाको सहयोग

Newslaya Home

सप्तरी बाढीपीडितलाई युवाको सहयोग

बिहीबार १९, साउन २०७४

इटहरी । बाढीबाट प्रभावित बनेका सप्तरीबासीलाई पुर्वका युवा संघसंस्थाले राहत वितरण गरेको छ । सप्तरीको मैनाकडारीमा बाढीबाट पीडित बनेका केही परिवारलाई सुशासनका लागि युवा ‘वाइजीजी’ रामधुनी सुनसरी र  पहिलो पाईला काठमाडौको संयुक्त सहकार्यमा राहत वितरण गरिएको हो ।

सँगै  विवेकशील नेपाली ललितपुर, लालिगुँरास भजनकिर्तन समुह गोठगाउँ लगायत संस्थाको सहयोगमा राहत वितरण गरिएको वाइजीजी रामधुनीका सचिव विशाल खड्काले बताए ।

स्थानीय प्रहरी कार्यालयले संकलन गरेको पीडितहरुको नामावलीको आधारमा कार्यालयकै रोहवरमा चामल, विस्कुट, जुत्ताचप्पल, कपडा, चिउरा लगायतका सामाग्री वितरण गरिएको हो । खाद्यान्न तथा कपडा गरी करिब ३५ परिवारलाई राहत वितरण गरिएको बताइएको छ ।