टिफरको ठक्करबाट एक युवको मृत्यु

Newslaya Home

टिफरको ठक्करबाट एक युवको मृत्यु

बिहीबार १९, साउन २०७४

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकमा टिफरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेका छन् ।
उनको गएराति काभ्रेपलाञ्चोकको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बेलुका आफ्ना बुबा ज्ञामु विकलाई बा १० प ६७१४ नम्बरको मोटरसाइकलमा लिएर बर्दिवासतिर जाँदा पछाडिबाट आएको ना ७ ख २२९३ नम्बरको टिफरले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते ज्ञामुको काठमाडौँस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासले ठक्कर दिने चालक र टिफर नियन्त्रणमा रहेकोे जनाएको छ ।