नागरिकता कीर्तेको एक आरोपी कारागार चलान

Newslaya Home

नागरिकता कीर्तेको एक आरोपी कारागार चलान

बिहीबार १९, साउन २०७४

दमक । नागरिकता कीर्ते मुद्दामा दमक–२ का ३९ वर्षीय नरबहादुर खड्कालाई जेल चलान गरिएको छ । फरार रहेका खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।
२०७२ जेठ ३ गते नै जिल्ला अदालत झापाले खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो ।