रामधुनीको पुस्तक विमोचन

Newslaya Home

रामधुनीको पुस्तक विमोचन

बिहीबार १९, साउन २०७४

रामधुनी । नेपालको पवित्र तिर्थस्थल रामधुनीको इतिहास र विकास क्रम समेटेर तयार पारिएको ‘रामधुनी बाबा वनखण्डी तपस्थली’ नामक पुस्तक विमोचन गरिएको छ । रामधुनी मन्दिर परिषरमा आइतवार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विमोचन गरेका हुन् ।
रामधुनी मन्दिरलाई विश्वसामु चिनाउन र सबैले विकासका लागि आ–आफ्नै ठाउँबाट पहल गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएकोे रामधुनी बाबावनखण्डी मन्दिर गुठी व्यवस्थापन समितीका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए । संस्कृति तथा पर्यटनविद् पाध्यापक डा. सोम खतिवडाद्धारा लिखित सो पुस्तकलाई वनखण्डी मन्दिर गुठि व्यवस्थापन समिती र रामधुनी नगरपालिले संयुक्त रुपमा प्रकाशन गरेको हो ।
कार्यक्रममा बोल्दै रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र उपप्रमुख सविना चौधरीले रामधुनी नगरलाई समृद्ध र नमुना नगर बनाउनका लागि आफुहरुले सर्वप्रथम रामधुनी मन्दिरको संरक्षण र विकासको कार्यबाटै अन्य कार्यहरु गर्ने बताए । दुबैले रामधुनी मन्दिर क्षेत्रलाई आगामी दिनमा विशेष प्राथामिकताका साथ हेर्ने र चाँडै नै रामधुनीको मुहार फेर्न आफुहरु लागि पर्ने प्रतिबद्धता जनाए । उता कार्यक्रमका प्रमुख अतिथी डा.शशांक कोइरालाले अन्य जिल्लाको तुलनामा सुनसरी र रामधुनी तिर्थस्थल पछाडी परिरहेको अवस्थामा आफुले विशेष रुपमा हेर्ने गरेको बताए । साथै सबै नगरवासीहरुले रामधुनी मन्दिरको विकास र प्रवद्र्धन गर्नका लागि लाग्नुपर्नेमा जोड दिए ।
पुस्तक विमोचन सँगै रामधुनी संरक्षित वन परिषदले तयार पारेको क्यालेन्डर विमोचन, शिव मन्दिर उद्घाटन तथा स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथी श्री श्री १०८ श्री गोपालमुनी महादासका रहेका थिए । रामधुनी मन्दिरमा पछिल्लो समय विभिन्न भौतिका पुर्वाधारका साथै केही मात्रामा विकास भएको र रामधुनीको मुहार फेरिदै गएको कार्यक्रमका सभापती तथा समितीका अध्यक्ष डिल्ली कार्कीले बताए । ‘पछिल्लो समय रामधुनीको मुहार फेरिदैँछ र यसको विकासका लागि हामी अहोरात्र लागिपरिहेका छौ’ उनले भने–‘अब नवचिर्वाचित जनप्रतिनिधीहरुले पनि रामधुनी मन्दिर विकासका लागि विशेष ध्यान दिनुहुनेछ ।’