बेवारिसे अवस्थामा लागूऔषध

Newslaya Home

बेवारिसे अवस्थामा लागूऔषध

बिहीबार १९, साउन २०७४

काठमाडौ । प्रहरीले चन्द्रागिरी नगरपालिकामा बेवारिसे अवस्थामा लागूऔषध  बारमद गरेको छ । आइतबार चन्द्रगिरी नगरपालिका–२ नागढुङगामा खटिएको प्रहरी टोलीले  बिरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख ४७५५ नम्बरको यात्रुबहाक बसबाट लागूऔषध बरामद गरेको जनाएको छ ।
लागूऔषधमा नुरफिन २ सय एम्पुल, फेनारगन ४ सय एम्पुल, डाइजेल्याब ४ सय एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । बसमा कसले ल्याएको हो भन्ने  खुल्न नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।