आफैँले विस्फोट गराएको बम पड्किँदा मृत्यु

Newslaya Home

आफैँले विस्फोट गराएको बम पड्किँदा मृत्यु

बिहीबार १९, साउन २०७४

धनगढी । धनगढी–४ मा गएराति करिब १० बजेको समयमा आफैले बोकेको मब विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंह रहेका छन् । उनको आफैले बोकको सुतली बम विस्फोट भएर ज्यान गएको हो ।
घाइते सिंहको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको, पछाडीको भाग लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।