राजारानी ताललाई नेपाली सेनाको टीमले व्यवस्थीत गर्ने

Newslaya Home

राजारानी ताललाई नेपाली सेनाको टीमले व्यवस्थीत गर्ने

बिहीबार १९, साउन २०७४

लेटाङ । उचित प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको मोरङको लेटाङमा अवस्थित राजारानी तालको सम्वद्र्धन र संरक्षण हुने भएको छ । धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा अत्यन्तै सम्भावना बोकेतापनि यसले उचित संरक्षणको अभाबमा गति लिन सकेको थिएन ।

यद्यपी यस ताललाई व्यवस्थीत बनाउन राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले रु ५८ लाख बजेट छुट्याएको छ । काम अगाडि बढाउन समितिले विज्ञहरुको टोलीलाई राजारानीको भौगोलिक वस्तुस्थितीबारे अवलोकन गर्न राजारानी पठाएसँगै अबभने यस तालको कामले तीब्रता पाउने भएको हो । स्थानीयस्तरबाट ताल सरंक्षण र सुनाखरीको सम्वद्र्धन गर्न गाह्रो रहेको निष्कर्ष निकाल्दै समितिले यस कार्यलाई पुरा गर्न नेपाली सेनाको टीमलाई जिम्मेवारी दिने भएको छ । नेपाली सेनाको टीमले पोखरीको पुरिएको भागको आकार बढाउने, सुनाखरीको छेउछाउका झाडी सरसफाइ गर्ने, पोखरी आसपास साना टहराहरु निर्माण गर्ने, पुलहरु निर्माण गर्ने, दुइवटा मन्दिरको मर्मतसम्भार साथै बाँध बाध्ने लगायतका कार्यहरु पुरा गर्ने राजारानी पोखरी संरक्षण समितीका अध्यक्ष पदम मगरले जानकारी दिनु भयो ।

४८ जातका सुनाखरी पाइने र धिमाल जातीकै उद्गम स्थलका रुपमा हेरिने भएकाले पनि यस क्षेत्रको विशेष महत्व रहेको रहेको छ ।यसकार्यलाई नेपाली सेनाले आगामी वैशाख १७ गते बाट सुचारु गर्ने राजारानी सामुदायिक वनका अध्यक्ष विष्णु मगरले जानकारी दिए ।