पिएदेखि पत्रकारसम्मका थप कर्तुत खुल्दै

Newslaya Home

पिएदेखि पत्रकारसम्मका थप कर्तुत खुल्दै

बिहीबार १९, साउन २०७४

झापा । जग्गाधनी अपहरण काण्डमा मुछिएका नेता, पत्रकार र सरकारी कर्मचारीहरु अन्य अपराधका घटनामा समेत संलग्न भएको खुलेको छ ।
जग्गाधनी अपहरण गरेर करोडौंको जग्गा सित्तैमा पास गरेको घटनामा संलग्न जिल्ला प्रशासन झापाका खरिदार तेजिन्द्र न्यौपाने, पत्रकार पुजन घिमिरे अन्य अपराधमा संलग्न भएको खुलेको हो ।
खरिदार न्यौपानेले झापा अर्जुनधारा–९ का जीवन विष्टलाई अपहरण गरेर उनको नाममा रहेको १५ करोड मुल्यको जग्गा हत्याउन सम्पूर्ण चाँजो मिलाएको ठहरमा प्रहरी पुगेको छ।
घटनाको अनुसन्धानका क्रममा उनले नक्कली लाइसेन्स बनाउने काम समेत गरिरहेको झापा प्रहरी प्रमुख एसपी शैलेस थापाले बताए।
त्यस्तै उनको घरबाट धेरै जनाको नेपाली नागरिकताको प्रमाणपत्र पनि फेला परेका प्रहरीले जनाएको छ । उनी किर्ते नागरिकता बनाउने काममा पनि संलग्न हुन सक्ने आशंका गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनको घरबाट फिलिपिन्सका एक जना नागरिकको राहदानी पनि भेटिएको छ । उनको घरबाट उनी नेपाली सेनामा कार्यरत रहेको भन्ने नक्कली प्रमाणपत्र पनि फेला परेको छ ।
जिल्ला प्रशासनमा सरुवा हुनुभन्दा दुई वर्ष अघि यातायात व्यवस्था कार्यालय मेचीमा कार्यरत उनको घरबाट सवारी चालक अनुमतिपत्रको खाली कार्ड मात्रै ४९ वटा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासनमा सरुवा हुनुभन्दा दुई वर्ष अघि यातायात व्यवस्था कार्यालय मेचीमा कार्यरत उनको घरबाट सवारी चालक अनुमतिपत्रको खाली कार्ड मात्रै ४९ वटा भेटिएको प्रहरीले जनाएको छ ।

अपहरणपछि जग्गा हत्याएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकीय सचिव तथा झापाका माओवादी नेता राजु आचार्य अग्नी, पत्रकारहरु पुजन घिमिरे र शम्भु दाहाललाई फरार सूचीमा राखेर प्रहरीले खोजिरहेको छ भने काँग्रेस कार्यकर्ता भूपू कान्छा भनिने अजय राई, राजु कुँवर, खरिदार न्यौपाने र व्यापारी प्रेम न्यौपाने पक्राउ परिसकेका छन् ।
सगरमाथा टिभीका जिल्ला संवाददाता घिमिरे केही वर्ष अघि प्रहरीलाई ब्ल्याकमेलिङ गरेर थुनामा बसिसकेका पत्रकार हुन् । घिमिरेसहितका अभियुक्तहरुको टोलीले बिष्टलाई बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा बन्धक बनाएर पेस्तोल देखाउँदै जवरजस्ती जग्गा पास गराएका थिए ।
गएको असार १९ गते घिमिरेले बिष्टको स्वामित्वमा रहेको त्यो जमिनमा होटल गर्ने प्रायोजनका लागि भाडामा लिएका थिए । सुरुमा ५ वर्षका लागि जमिन भाडामा लिँदा बिष्टको नागरिकतामा समस्या भएको पत्ता लागेपछि उनले फेरि अर्को ५ वर्षको लागि भाडामा लिन कागज गर्ने भन्दै बोलाएका थिए ।
त्यही समयमा घिमिरेले विर्तामोडकै ओम शिवाकोटीको सहयोगमा बिष्टलाई अपहरण गरी होटलमा बन्धक बनाएके एसपी थापाले बताए । उनले भने, ‘बिष्टलाई माघ ११ गते नियन्त्रणमा लिएपछि जग्गा पास गर्न आवश्यक पर्ने कागजात लिएर पेस्तोल देखाएर धम्की दिंदै १२ गते भारततर्फ खेदाएको खुलेको छ ।’
‘बिष्टलाई खेदाएपछि मेचीनगरकै राजु कुँवरको फोटो उनको नागरिकतामा टाँसेर माघ १९ गते जग्गा पास भएको देखिन्छ’, थापाले भने ।

अपहरण गरी जग्गा हडप्नेहरु सार्वजनिक