निर्वाचन तालिका फेरबदल,अधिकृतहरु फिर्ता

Newslaya Home

निर्वाचन तालिका फेरबदल,अधिकृतहरु फिर्ता

बिहीबार १९, साउन २०७४

झापा । स्थानीय तहको निर्वाचन तालिका फेरबदल भएका कारण झापामा निर्वाचनका लागि नियुक्ति भएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
निर्वाचन आयोगबाट सात गाउँपालिका र आठ नगरपालिकाका लागी खटाईएका कर्मचारी गत वैशाख ३ गते झापा पुगेक थिए । प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए । निर्वाचन तालिका फेरबदल नभएको भए मंगल सबै निर्वाचन कार्यालयको स्थापना गरि सञ्चालनमा ल्याउने कार्यक्रम रहेको थियो ।