प्रहरीबाट सास्ती खेप्दै सफारी चालक

Newslaya Home

प्रहरीबाट सास्ती खेप्दै सफारी चालक

बिहीबार १९, साउन २०७४

मोरङ । मोरङको उर्लाबारी क्षेत्रमा ट्राफिक प्रहरीले सिटि सफारी चालकहरुसँग विनाकारण जरिवाना लिन थाले पछि अनाश्वयक दुख पाउन थालेका छन् । दिन थालेपछि चालकहरु मर्कामा परेका छन् । उर्लाबारीबाट कृष्णमन्दिर, दमक यात्रु पुर्याएर फर्किएका सफारीलाई ताराबारीमा ट्राफिक प्रहरीले विनाकरण १५ सय सम्म जरिवाना तिराउने गरेपछि उनीहरु मर्कामा परेका हुन् । दैनिक जरिवाना तिर्नुपर्दा आफुहरु मारमा परेको चालकहरु बताउछन् ।

नगरपालिकामा दर्ता नं ४० रहेको सिटि सफारीलार्ई ताराबारीमा रोकेर मंगलबार अनावश्यक रुपम एक हजार पाँच सय जरिवाना तिराएको थियो । नगरपालिकामा कर तिर्ने गरेको र दैनिक आम्दानी भन्दा बढी विनाकारण जरिवाना तिर्नुपरेको चालक बेचन उराँवले बताए ।
यसैबीच सिटी सफारी चालक मजदुर संघ उर्लाबारीले आफूहरुलाई ब्लू बुक दिन नगरपालिका समक्ष माग समेत राखेको छ । एक विज्ञप्ति निकाल्दै संघले नगरपालिकामा दर्ता भएका एक सय १६ वटा सफारीलाई ब्लू बुक दिन माग राखेका हो । ब्लू बुकका लागि भनेर नगरपालिकालाई ५ हजार तिरिसकेको तर हाल सम्म पनि उपलब्ध नगराएको संघका अध्यक्ष शिवबहादुर अधिकारीले बताए । विविध कारण देखाएर ट्राफिकले आफूहरुलाई कारवाहीको बहानामा बढि जरिवाना तिराउने गरेको समेत उनले बताए ।

छिमेकी नगरपालिकामा यात्रुहरुलाई पुर्याउन जाँदा ट्राफिकबाट पाउने अनाावश्यक दुःख र जरिवाना हटाइदिन सम्बन्धित निकाय समक्ष माग राखेको संघले जनाएको छ ।