कृष्णदासजी यसरी पसे अनि निस्के समाधिबाट (भिडियोसहित)

Newslaya Home

कृष्णदासजी यसरी पसे अनि निस्के समाधिबाट (भिडियोसहित)

बिहीबार १९, साउन २०७४

इटहरी । जमिनमुनी बन्द बाकसभित्र सात दिनसम्म बस्न सकिएला ? केही मिनेटमै निस्सासिने ठाउँमा सिद्धबाबा कृष्णदासजी महाराज सात दिनसम्म बसेर भर्खरै निस्किएका छन् ।
एक साता लामो समाधिबाट गत चैत रामनवमीको दिन उनी निस्के । उनी निस्केको समयमा राष्ट्रपती विद्यादेवी भण्डारीसमेत त्यहाँ पुगेकी थिइन् । उनले कृष्णदासजीको सुस्वास्थ्यको कामना समेत गरिन् ।
कृष्णदासजी एक वर्षअघि पोखरामासमेत नौ दिन समाधिमा बसेका थिए । विना अक्सिजन, खाना, पानी विना तीन सय वर्षसम्म पनि समाधिमा बस्ने घोषणा उनले राष्ट्रपती भण्डारीकै सामु गरेका छन् ।
हामीलाई उनी समाधिमा पस्दा, निस्कँदा र समाधिबारे चिकित्सक र केही सम्बन्धित व्यक्तिको भिडियो प्राप्त भएको छ । हेरौं, समाधिको यो एक्सक्लुसिभ भिडियो ।