कानेपोखरीमा बस दुर्घटना एकजनाको मृत्यु, १५ घाइते

Newslaya Home

कानेपोखरीमा बस दुर्घटना एकजनाको मृत्यु, १५ घाइते

बिहीबार १९, साउन २०७४

मोरङ । मोरङको कानेपोखरीमा सोमबार दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १५ जना यात्रु घाइते भएका छन् ।
झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस कानेपोखरी गाउँपालिका वडा नम्बर ५ मा रहेको चिसाङ पुल नजिकै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तीब्र गतिमा रहेको बस आफैं अनियन्त्रित भएर सडक छेउको ३० फिट गहिरो खाल्डोमा पल्टिंदा एकजनाको चेप्टिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सहचालकको मृत्यू भएको आशंका गरिएपनि हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ । बसका चालक र अन्य कर्मचारी फरार रहेकाले दुर्घटनाका बिषयमा थप खुल्न बाँकी रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।