झापामा माओवादी उम्मेदवार टुङ्गो

Newslaya Home

झापामा माओवादी उम्मेदवार टुङ्गो

बिहीबार १९, साउन २०७४

झापा । नेकपा माओवादी केन्द्रले झापाले निर्वाचनका लागि तीन नगरपालिका सहित छ स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
१५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीले जानकारी दिए । दमक नगर प्रमुखमा रेवतराज पुरी र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ । साथै १० वटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुङ्गो समेत लागाएको दर्लामीले बताए । अर्जुनधारा नगरपालिका प्रमुखमा भुपेन्द्र न्यौपाने र उपप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारका रुपमा अघि सारेको जनाइएको छ ।
यसैगरी झापा गाउँपालिका अध्यक्षमा रुद्र बजगाईं र उपाध्यक्षमा पवित्रा राजंवशी,कमल गाउँपालिकाको प्रमुखमा विमल सङ्ग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाएको बताईएको छ ।