चिया निकासीमा समस्या

Newslaya Home

चिया निकासीमा समस्या

बिहीबार १९, साउन २०७४

इलाम । इलाममा अर्ग्यानिक चियाको बजारीकरणमा समस्या देखिन थालेको छ । अर्ग्यानिक चिया हेर्दा अन्य चियाको तुलनामा आकर्षित नदेखिने भएकाले निकासीमा भने समस्या देखिन थालेको हो । तर यस वर्ष भने अर्ग्यानिक चिया उत्पादनमा वृद्धि भएको छ ।

जिल्लाका साँखेजुङमा सञ्चालित हिमालयन साँग्रीला र फिक्कलको गोर्खा टि स्टेटले उत्पादन गर्दे आएको अर्ग्यानिक चिया भारत र जर्मनीमा मात्र निकासि हँुदै आएको छ । पछिल्लो समयमा युरोपमा आर्थिक मन्दि छाएपछि उत्पादित अर्ग्यानिक चियाले सोचेजस्तो आम्दानी लिन सकिरहेको छैन । त्यसै गरी चिया निकासी गर्न नसकिरहेको कारखानाहरुले जनाएका छन् ।
हिमालयन साँग्रीला चिया कारखानाका मेनेजर आरसि नेपालका अनुसार अर्ग्यानिक हरियोपत्ति उत्पादन गर्ने किसानको अपेक्षा बढ्नु तथा बजारिकरणको अभावमा कारखाना परेकाले कारखानाले नोक्सान ब्यहोर्नु परिरहेको छ । चियाको बजार पछिल्लो समयमा शुन्य हुँदै गएपछि अर्ग्यानिक चिया उत्पादन गर्ने कारखानाहरुले अमेरिका, जापान लगायतका तेस्रो मुलुकहरुमा चिया निकासिका लागि पहल सुरु गरेको समेत नेपालले जानकारी दिए ।