४ करोड राजस्व संकलन

Newslaya Home

४ करोड राजस्व संकलन

बिहीबार १९, साउन २०७४

इटहरी । पूर्वका ५ जिल्लाका प्रतिष्ठत उद्योग, फर्म र व्यापारिक प्रतिष्ठानमा राजस्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रीय कार्यलय इटहरीले छापा मारी ४ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

पूर्वका झापा, सुनसरी, सिरहा र सप्तरीमा राजस्व विभागले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा छापा मारी राजस्व संकलन गरेको हो । कार्यलयले छापा मारेका फर्म, व्यापारिक प्रतिष्ठान र उद्योगको नाम गोप्य राखेको छ । राजस्व कार्यलयले कम कर तिर्ने, कर विवरण समयमा नबुझाउने, नियमित क्रेडिटमा रहने, अटेरी गर्ने, झुटा विवरण पेस गर्ने, बिल जारी नगर्ने र कसैले उजुरी दिएमा राजस्व जोखिममा पारेको ठानेर त्यसको विश्लेषण गरेर छापा मारी आवश्यक कागजातसँगै प्रमाण संकलन गर्ने गर्छ ।