अरुणको खतरा टर्यो, बग्न थाल्यो पानी

Newslaya Home

अरुणको खतरा टर्यो, बग्न थाल्यो पानी

बिहीबार १९, साउन २०७४

संखुवासभा । बरुण र अरुण नदीको दोभानमा थुनिएको पानी विस्तारै बग्न थालेको छ । संखुवासभाको भोटखोला गाउँपालिकामा अरुण नदि थुनिएकोमा अहिले भने पानी बग्न थालेको हो ।
बिस्तारै पानी बग्ने क्रम जारी रहेकाले त्यति ठूलो खतरा नरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
बरुण नदीमा आएको बाढीका कारण पहिरो खस्दा दोभानमा पानीको बहाव रोकिएको थियो । बहाव रोकिँदा कृत्रिम ताल बनेको छ । पानी थुनिएका कारण बरुण बजारका करिब १० घरपरिवार बिस्थापित भएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले चिउरा, चाउचाउ, टेन्ट लगायतका राहत वितरण गरेको छ ।
आजै गृहमन्त्रालयका सहसचिव कृष्णबहादुर राउत नेतृत्वको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।
नदी थुनिएपछि उक्त ठाउँमा ठूला ठूला माछा भेटिएका थिए । माछाहरू ट्याक्टर र जीपमा राखेर सदरमुकाम खाँदबारी लगायत आसपासका बजारमा बिक्रीका लागि पुर्‍याइएको छ ।