सरकार सत्ता लम्ब्याउन केन्द्रित : यादव

Newslaya Home

सरकार सत्ता लम्ब्याउन केन्द्रित : यादव

बिहीबार १९, साउन २०७४

विराटनगर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले सरकार आफैं मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन नदिने षड्यन्त्रमा लागि परेको आरोप लगाए ।
पार्टीका नेता शिबजी यादवले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा टेवल समेत नगरेर संविधान संशोधनको नाममा बेइमानीको राजनीतिक गरिरहेको आरोप लगाए । उनले आफूहरुको माग सम्बोधन गरेर निर्वाचन सम्पन्न गराउने लागि परेको हो भने संसदमा दर्ता गरेको संशोधन प्रस्ताव टेबल गरेर देखाउन पनि सरकारलाई चुनौति दिए । नेता यादवले सरकार निर्वाचन भन्दा पनि सत्ता लम्ब्याउन केन्द्रित भएको जिकीर पनि गरे ।
संघीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचन र पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । नेता यादवले नवगठित राष्ट्रिय जनता पार्टीसँग सरकारले आज विहान गरेको छलफल समस्या समाधानका लागि नभएको जिकीर पनि गरे ।
संघीय समाजवादी फोरम नेपालले ६ वटा मधेश केन्द्रित दलबीच पार्टी एकीकरण हुनुलाई सकारात्मक रुपमा लिएको टिप्पणी पनि गरेको छ । ६ वटा मधेश केन्द्रित दलहरुबीचको एकीकरणलाई पार्टीले सकारात्मक रुपमा लिएको नेता यादवले बताए ।