तेह्रथुमको साढे पाँच सय घर अन्धकारमा

Newslaya Home

तेह्रथुमको साढे पाँच सय घर अन्धकारमा

बिहीबार १९, साउन २०७४

तेह्रथुम । लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।
बुधबार बेलुका वर्षासँगै आएको बाढीले २२ किलो वाट क्षमताको अमलेबेँसी, १७ किलो वाट क्षमताको फलामसाँघु र २९ किलो वाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत आयोजनाको कुलो बगाएको हो ।
केन्द्रीय प्रशारण लाइन नपुगेको र जलविद्युत आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले खुङ्ग्रिङ खोला आसपास सडक भत्काएपछि सडक अवरुद्ध बनेको छ ।