जब्दी महारानी मन्दिरमा सिरुवा मेला धुमधाम

Newslaya Home

जब्दी महारानी मन्दिरमा सिरुवा मेला धुमधाम

बिहीबार १९, साउन २०७४

इटहरी । सुनसरीको इटहरी–१६ पकली स्थित जब्दी महारानी मन्दिरमा पुजा अर्चना गरी सिरुवा मेला भर्नेको शुक्रवार भिड लागेको छ ।
विशेष गरेर पहिला तराईका आदिवासी समुदायले महारानीको ग्राम थानमा घोडा फुल चडाई पुजा आजा गरि मेला भर्ने प्रचलन रहे पनि अहिले सम्पुर्ण समुदायले समेत ग्राम थानमा पुजाआजा गरी मेला भर्न थालेका छन् ।
धार्मिक पर्यटनका रुपमा रहेको यस क्षेत्रमा प्रत्येक वर्षको वैशाख ८ गते आजकै दिन जब्दी महारानी मन्दिरमा मेला लाग्ने गर्दछ । मेला भर्न र जब्दी महारानीको ग्राम थानमा पुजाआजा गर्न मोरङ्ग, झापा, सुनसरी, सिराहा, सप्तरी र दक्षिण भारतका समेत दर्शनार्थीहरु आउने गर्दछन् । जब्दी महारानी मन्दिरको ग्राम थानमा पुजाआजा गरेमा आफूले चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
प्रत्येक वर्ष आजकै दिन विहानै नुहाइधुवाई गरी सफा भएर जब्दी महारानी मन्दिरमा पुजाआजा गरीे मेला भर्ने चलन रहेको जब्दी महारानी मन्दिर संरक्षण समितिका उपाध्यक्ष फलचन्द चौधरीले बताए । मन्दिरमा पुजाआजा र मेला भर्न आउने बाट करिब १ लाख भन्दा बढी सहयोग संकलन हने अनुमान गरिएको जब्दी महारानी संरक्षण समितिका उपाध्यक्ष चौधरीले जानकारी दिए । जब्दी महारानी मन्दिरमा परेवा, बोकाहरुकोे बलीदिने गरेको पाईएको छ । पहिला मन्दिरमा आएर भगवान संग मनोकांक्षा पुराहोस् भनेर पुजाआजा गर्ने र पुरा भएपछि बोका, परेवा, घण्टी, सुन लागायत चडाउने गरेको स्थानिय सिताराम चौधरीले बताए ।