गच्छदार पनि अब ‘मधेसी’ नरहने

Newslaya Home

गच्छदार पनि अब ‘मधेसी’ नरहने

मङ्गलबार १७, साउन २०७४

काठमाडौ । उपेन्द्र यादवले आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द फालेपछि अब विजय गच्छदारले पनि आफ्नो पार्टीको नामबाट मधेसी शब्द फालने भएका छन् ।
यादवले मधेसी भन्ने शब्द फालेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाललाई राष्ट्रिय पार्टी बनाएको बताएका थिए । उनले आफू पहिले आवद्ध भएको नेकपा एमालेबाट बाहिरिएका पूर्व एमालेलाई समेट्दै राष्ट्रिय पार्टी बनाएको दाबी गरेका छन् ।
यता गच्छदारले पनि आफू पहिले आवद्ध रहेको नेपाली कांग्रेसबाट बाहिरिएका नेतालाई समेटेर राष्ट्रिय पार्टी बनाउन लागेको दाबी गरेका हुन् । मधेसी जनअधिकार फोरम नेपाल नाम गैर सरकारी संस्थालाई उपेन्द्र यादवले पार्टीका रूपमा परिवर्तन गरेका थिए ।
पहिलो मधेस आन्दोलनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालले ५२ सिट जितेको थियो । पाँच वर्षको अवधिमा फोरम नेपाल तीन टुक्रा भयो । विजय गच्छदारको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), जेपी गुप्ताको नेतृत्वमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन भएको थियो ।
दोस्रो संविधान सभाको निर्वाचनपछि संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर उपेन्द्र यादवको पार्टीबाट मधेसी शब्द फालेर संघीय समाजवादी फोरम नेपाल बनाएका थिए ।