पूर्वआईजीपीका नाति म्यादी प्रहरीमा

Newslaya Home

पूर्वआईजीपीका नाति म्यादी प्रहरीमा

मङ्गलबार १७, साउन २०७४

काठमाडौ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा आर्थिक रूपमा कमजोर बेरोजगार युवा शक्तिको आवेदन परेको हामी अनुमान गर्न सक्छौं । तर, म्यादी प्रहरीका लागि एकजना यस्ता युवकले पनि निवेदन हालेका छन्, जसलाई हामी सहजै पत्याउन सक्दैनौं । उनी हुन्, नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजित बरालका नाति पूजन बराल ।
उनले म्यादी प्रहरीका लागि दरखास्त हालेको त्यतिबेला खुलासा भयो, जब काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीलाई पूर्वआईजीपी बरालले आफ्नो नातिलाई छनोटका लागि सिफारिस गरे । म्यादी प्रहरी छनोटमा व्यस्त एसएसपी जोशी सुरुमा त आफैं अचम्ममा परे । पूर्वआईजीपी बरालले आफ्ना नातिको म्यादी प्रहरी बनेर दुर्गम ठाउँमा गई सेवा गर्ने रहर सुनाउँदै गएपछि उनलाई पत्याउन करै लाग्यो ।
एसएसपीले जोशीले उनले आफू हजुरबाको प्रेरणाले म्यादी प्रहरीमा भर्ना हुन आएको बताएको जानकारी दिए । पूजन भर्खरै प्लस टु सकाएर उच्च शिक्षा अध्ययनका लागि भारत जाने तयारीमा छन् ।