गच्छदारले लिने भए सरकारबाट समर्थन फिर्ता

Newslaya Home

गच्छदारले लिने भए सरकारबाट समर्थन फिर्ता

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।

दुई दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेशको माग पुरा गर्न नसकेको, सरकार समक्ष राखेको माग पूरा गर्न नसकेको कारण देखाउँदै सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको पार्टी स्रोतले जनाएको छ ।

राप्रपाका अध्यक्ष कमल थापासँगै सरकारमा जाने तयारी रहेपनि मन्त्रालयको कुरा नमिलेपछि पार्टीका अध्यक्ष गच्छदार ब्याक भएका थिए । बैठकमा पार्टीका नेताहरुले अहिलेको अवस्थामा पार्टीको भूमिका के ? नसरकारमा छ, नआन्दोलनमा, नप्रतिपक्षमा छ, पार्टी यता नउताको भएको छ, त्यसैले कुनै नकुनै निर्णय लिनुपर्ने दवाव दिएपछि अध्यक्ष गच्छदारले सरकारबाट समर्थन फिर्ता लिनेमा सहमत भएको बताइन्छ ।