मतदाताहरु कुन जिल्लामा कति ?

Newslaya Home

मतदाताहरु कुन जिल्लामा कति ?

मङ्गलबार १७, साउन २०७४

मोरंगमा काठमाडौभन्दा बढी मतदाता

काठमाडौं । यस पटकको स्थानिय निकायको निर्वाचनमा देशभरबाट एक करोड साढे ४० लाख नेपालीले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले अन्तीम रुप दिएको मतदाताको नामावलीले नेपालमा मतदाताको उक्त संख्या निस्किएको हो ।
आयोगको आइतबारको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीलाई अन्तिमरूप दिने निर्णय गरेको छ । जसअनुसार स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार ४८२ छन् ।
जसमध्ये पुरुष ७० लाख ६९ हजार ७१४, महिला ६९ लाख ८४ हजार ६२५ र तेश्रो लिङ्गी मतदाताहरु १४३ जना छन् । २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ ।
आयोगको तथ्यांक अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छ । त्यहाँ ५ लाख ६३ हजार ८७० मतदाता छ भने काठमाडौंमा ५ लाख ५९ हजार ४०० मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ छ ।
मधेसी मोर्चासहितका दलहरुले पुनः मतदाता नामावली संकलनको माग गरेपनि आयोगले मतदाताको नामावली ठाउँ सारी गर्न र नाम दर्ता गर्न अस्वीकार गरेको छ ।
मतदााता नामावली छपाइ सुरू भएको छ । मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ हुने भएको छ ।