चुनाव चिन्ह माग्दै सर्वोच्च अदालतमा रिट दायर

Newslaya Home

चुनाव चिन्ह माग्दै सर्वोच्च अदालतमा रिट दायर

मङ्गलबार १७, साउन २०७४

काठमाडौं ।  विवेकशील नेपाली दलले राष्ट्रिय दललाई मात्र चुनाव चिन्ह दिने स्थानीय तह निर्वाचन ऐनको व्यवस्था खारेज गर्न माग गर्दैे सर्वोच्च अदालतमा रिट दायर गरेको छ । विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाले दर्ता गराएको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय व्यवस्थापिका संसद, कानुन तथा न्याय मन्त्रालय तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

स्थानीय तह निर्वाचन ऐनको ऐनको चुनाव चिन्हसम्बन्धी प्रावधान संविधानको धारा १३३(१) र १३३(२) अनुसार संविधानसँग बाझिएको भन्दै रिटमा उत्प्रेषणको आदेशबाट बदर घोषित गर्न माग गरिएको छ । आसन्न स्थानीय निर्वाचन एउटा बहुप्रतीक्षित लोकतान्त्रिक अभ्यास भएकाले त्यसमा सबै दलहरुलाई आ(आफ्नो चुनाव चिन्ह लिएर नागरिकसामू जान पाउने आधारभूत अधिकारलाई सुनिश्चित गर्नु पर्ने विवेकशील नेपाली दलले निष्कर्श निकालेको छ ।